शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 08:48:48 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ९ गते कम्पनी कै कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको पेश हुने प्रस्तावहरु :

१. आ.व. २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने बारे ।

२. आ.व. २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सो लाई पारित गर्ने बारे ।

३. आ.व. २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने बारे ।

४. कम्पनीको स्वतन्त्र संचालकको नियुक्ति बारेमा बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी गर्ने बारे ।

५. कम्पनीको मिति २०७६ श्रावण २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभा सम्मको लागि पदावधि थप गर्ने तथा श्री गौरव अग्रवाललाई संचालक नियुक्त गर्ने बारे संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने बारे ।

६. कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक समुह "क" का शेयरधनीबाट निर्वाचित हुने ३ (तीन) संचालक तथा सर्वसाधारण समुह "ख" का शेयरधनीबाट निर्वाचित हुने थप १ (एक) संचालकका लागि प्रचलित कानुनी व्यवस्थाको अधिनमा रही शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक निर्वाचन सम्बन्धी निर्देशिका २०६३ बमोजिम निर्वाचन गर्ने बारे ।

विशेष प्रस्ताव

१. कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्नेबारे। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved