आज २ अर्ब ९५ करोडको शेयर कारोबार, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 03:18:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से ०.०७ अंकले बढेर १९८०.३४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३१७ कम्पनीका ७३ लाख ४१ हजार १ सय ७७ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५ सय १ रुपैयाँ ४३ पैसाको कारोबार भएको छ ।

जस मध्ये पोखरा फाइनान्सको सर्वाधिक १७ करोड ५४ लाख, नेपाल फाइनान्सको १४ करोड ७० लाख, जानकारी फाइनान्सको ९ करोड ३२ लाख, तथा गोर्खाज फाइनान्सको ९ करोड ८ लाखको कारोबार भएको छ

आज कारोबारमा एक पोखरा फाइनान्स र जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ९.९८ प्रतिसहत बढेको छ । त्यस्तै गुराँस लघुवित्तको शेयर मूल्य ७.६१ प्रतिशत तथा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.९९ प्रतिशत बढेको छ

आज कारोबारमा आएका मध्ये पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ६ प्रतिशत घटेको छ भने इस्टर्न हाइड्रोको शेयर मूल्य ३.८१ प्रतिशत घटेको छ । त्यस्तै मेन्छियाम हाइड्रोको शेयर मूल्य ३.२१ प्रतिशत तथा चिर्ख्वा हाइड्रोको शेयर मूल्य ३.११ प्रतिशत घटेको छ

आज कारोबारमा आएका मध्ये बैंकिंग, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज फाइनान्स समुह सर्वाधिक ४.१७ प्रतिअशत बढेको छ । आज गोर्खाज फाइनान्सको शेयर मूल्य १.९९ प्रतिशत घटेको छ भने बाँकि सबै फाइनान्सको शेयर मूल्य बढेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved