कित्ताकाट खोल्ने र रोक्ने गर्दा घरजग्गा व्यवसाय अस्तव्यस्त, बैशाखमा घट्यो कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 01:18:42 PM मा प्रकाशित

laxmi  sunrise bank

जग्गाको कित्ताकाट खोल्ने र रोक्का गर्ने क्रमका कारण घरजग्गा व्यवसाय प्रभावित बनेको छ । सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर कित्ताकाट खोल्ने निर्णय गरेको भएपनि कार्यान्वयन नै नगरी फेरी अर्को प्रस्तावका लागि भूमी व्यवस्था मन्त्रालयमै फर्काएको छ । यस्तो अस्थिर नीतिका कारण घरजग्गा व्यवसाय अस्तव्यस्त बनेको छ । 

जसका कारण वैशाखमा घरजग्गा कारोबार घटेको छ । सँगै, लिखत पारित र घरजग्गा कारोबारबाट हुने राजस्व संकलन पनि बैशाख महिनामा घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका मालपोत कार्यालयहरुबाट वैशाख महिनामा ४२ हजार ४६१ लिखत पारित भएको छ । यो चैतको तुलनामा ६ हजारभन्दा बढीले कम हो । चैतमा ४९ हजार १५० घरजग्गा कारोबार भएको थियो ।

वैशाखमा भएका घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चैतमा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved