साउनमा बढ्यो घरजग्गा कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 10:39:39 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार साउनमा ३९ हजार २६३ लिखत पारित भएको छ । 

गत आर्थिक वर्षको साउनमा ३३ हजार ८३४ लिखत पारित भएको थियो । 

साउनमा घरजग्गाको कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

साउनमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै लिखत पारित भएको छ । यो मालपोत कार्यालयबाट २ हजार २५७ लिखत पारित हुँदा मोरङको बेलवारी मालपोतमा १ हजार ६०९ र झापाको भद्रपुर मालपोतमा १ हजार ५३४ लिखत पारित भएको छ ।नेपालगञ्ज मालपोतमा १ हजार ४३८ र जनकपुर मालपोतमा १ हजार ३१७ लिखत पारित भएको छ ।

साउनमा सबैभन्दा धेरै राजस्व संकलन भने उपत्यकाको लगनखेल मालपोत कार्यलयले गरेको छ । लगनेखेल मालपोतबाट २३ करोड ७४ लाख ३१ हजार राजस्व संकलन भएको छ । 

सरकारले भूउपयोग नियमावली संशोधन गरेर कित्ताकाटलाई २०७४ सालकै अवस्थामा फर्काएसँगै अब घरजग्गा कारोबार झन बढ्ने अपेक्षा गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved