भृकुटीमण्डपमा घरजग्गा मेलाः जग्गासँग घर साट्न सकिनेसम्मका अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 09:43:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबारबाट काठमाडौँमा सुरु भएको ‘रियल स्टेट’ मेलामा विभिन्न कम्पनीहरुले विभिन्न अफर ल्याएका छन् । भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा जग्गा तथा आवास विकास कम्पनीहरुले छुट सहितका विभिन्न अफर ल्याएका छन् । मेला भरी घरजग्गा बुकिङ गर्दा नगद छुटदेखि जग्गासँग घर साट्न मिल्नेसम्मका अफर कम्पनीहरुले गरेका छन् । 

मेलामा पद्मा कोलोनीले पनि रियल स्टेट मेलामा घर बुकिङ गर्नेलाई ७ प्रतिशत छुट दिएको छ । अपार्टमेन्ट बुकिङ गर्नेलाई ३ लाख बराबरको छुट दिएको छ । 

भूमि कोलोनीले मेला अवधिभरी बुकिङ गर्नेलाई १० प्रतिशतसम्म छुट दिएको छ । साथै, आफूले विकास गरेको कोलोनीभित्र घर किन्ने ग्राहकलाई १०.५९ प्रतिशत ब्याजदरमा ७ देखि १० वर्षसम्मका लागि किस्ताबन्दीको सुविधा ल्याएको कम्पनीले मेलाबाटै बुकिङ गरेर २ महिनानमा पास गर्दा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

सिडि डेभलपर्सले आकृति कोलोनी बुक गर्नेलाई ३० लाख छुट दिनेछ । आभास कोलोनी बुकिङ गर्दा २५ लाख छुट दिनेछ । 

सिइ कन्स्ट्रक्सनले अपार्टमेन्ट किन्ने ग्राहकलाई ३ वर्षभित्र हरेक ३–३ महिनामा किस्ता तिर्न सकिने व्यवस्था गरेको छ ।

नेपाल रियल स्टेट म्यानेजमेन्ट लिमिटेडले देशको जुनसुकै ठाउँमा भएको जग्गासँग घर साट्न सकिने अफर ल्याएको छ । यदि कसैले आफ्नो जग्गासँग काठमाडौँमा घर साट्न चाहेमा सो जग्गाको मूल्य निर्धारण गरेर जग्गासँग घर अथवा जग्गासँग जग्गै साट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

घरजग्गा खरिद गर्दा २५ प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम एक वर्ष भित्र तिर्ने शर्तमा कुनै पनि ब्याज नलाग्ने अफर पनि उक्त कम्पनीले सार्वजनिक गरेको छ । ११ प्रतिशत ब्याजदरमा हाउजिङ लोन पनि उपलब्ध गराउने जनाएको छ । कम्पनीले चाँगुनारायण र भैसेपाटीमा बनाएको प्लट किन्दा यसमा १५ प्रतिशत छुट र यस्तै साइट भिजिट गरेर जग्गा बुकिङ गर्नेलाई ५० लाखसम्मको छुट पनि दिने जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved