वेस्टर्न युनियनको चाडपर्व लक्षित योजना, रेमिट गर्दा १० लाख जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 06:29:49 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न युनियनले चाडपर्व लक्षित साप्ताहिक ड्र र बम्पर लक्की ड्र प्रवर्दन योजना ल्याएको छ। यो योजना कात्तिक ३० सम्म रहने वेस्टर्न युनियनले जनाएको छ।  

यस योजनामा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ। यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले प्राप्त रकमको दोब्बर नगद जित्न सक्नेछन्। उक्त रकम बढिमा ५० हजार मात्र हुनेछ। 

यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन। यसमा १ जना भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्नेछन्। लक्की ड्र को विजेता २२ नोभेम्बर अर्थात मङ्सिर ६ मा घोषित गरिने वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले जानकारी दिएका छन।  वेस्टर्न युनिय २० वर्ष भन्दा अगाडिदेखि नेपालमा रेमिट सेवा दिंदै आएको रेमिट्यान्स कम्पनी हो।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved