इसेवा मनि ट्रान्स्फरबाट रकम पठाउदा रिचार्ज कार्ड जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 02:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्स्फरले ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै यो योजना ल्याएको हो । 

योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट पठाएको रकम प्राप्त गर्दा सय रुपैयाँ बराबरको  रिचार्ज जित्न सकिने कम्पनीले जनाएको छ । इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा सय बोनस प्राप्त गर्न सकिने छ ।

विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुने उक्त योजना मंसिर ६ गतेसम्म जारी रहने छ । 

रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागि अग्रसर रहकोे इसेवा मनि ट्रान्स्फरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स् भित्राउदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved