३० प्रतिशतले बढ्यो नेपाल आउने रेमिटेन्स, ३ महिनामा ३६५ अर्ब भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 02:32:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भित्रिने रेमिटेन्स बढेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।  

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेकोथियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई रु.४०४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved