वैदेशिक रोजगारीमा जानेको तुलनामा किन बढिरहेको छैन रेमिट्यान्स ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Dec 19, 2023 | 12:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपनि नेपाल भित्रिने रेमिट्यान्स भने सोहि अनुसार नबढेको पाइएको छ ।

वैदेशिक रोजगार विभागकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारमा गएका थिए भने आव ०७९/८० मा वैदेशिक रोजगारमा जानेको संख्या ७ लाख ७१ ह्जार ३२७ जना रहेको थियो । जुन आव ०७७/०७८ को तुलनामा ३६२ प्रतिशतले बढी हो । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ३६२ प्रतिशतले बढ्दा सोहि अनुपातमा रेमिट्यान्स भने नबढेको देखिएको छ । आव ०७७/०७८ मा ९ खर्ब ६१ ऋर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखउँछ । त्यसैगरी आव ०७९/०८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन आव ०७७/०७८ को तुलनामा २७ प्रतिशत मात्र बढी हो । 

उक्त तथ्यांकले रोजगारीको लागि विदेश जाने नेपालीको संख्या र नेपाल भित्रिने रेमिट्यान्सबीच तालमेल नभएको देखिन्छ। वैदेशिक रोजगारीमा जानेको तुलनामा १३ गुणाले कम रेमिट्यान्स नेपाल आएको तथ्यांकले देखाएको छ। 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)  नेपालमा भित्रिनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको नै बताउछ ।  जिफन्टले वैदेशिक रोजागारीमा गएकाहरूबाट नेपालमा आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्छ । जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको जनाउँदै रेमिट्यान्स रकम भने हराइरहेको जनाएको हो । नेपालबाट विदेश गएका श्रमिकहरुको संख्याका आधारमा नेपालमा वार्षिक ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स भित्रिनुपर्ने दाबी जिफन्टको छ । 

हुण्डीको आशंका 

यसरी रेमिट्यान्स रकम नबढ्नुमा हुण्डी कारोबार बढेको आशंका व्यवसायीको छ ।   वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी हुण्डीबाट रकम भित्रिएको हुनसक्ने आशंका व्यक्त गर्छन्। उनले हुण्डीबाट के कति भित्रिन्छ भनेर त्यसै भन्न नमिले पनि त्यो माध्यमबाट पनि भित्रिएको हुनसक्ने बताए ।

उनले भारतको बाटो हुदै ईन्फर्मल च्यानलबाट रकम भित्रिरहेको हुनसक्ने पनि आशंका व्यक्त गरे । उनले विशेषगरी तराई क्षेत्रमा सो च्यानलबाट रकम भित्रिरहेकोमा हुन सक्ने उल्लेख गरे । उनका अनुसार तराई क्षेत्रबाट विदेश जाने नेपालीको संख्याको तुलनामा सो क्षेत्रमा रेमिट्यान्स बढेको छैन। त्यसकारण सो क्षेत्रमा भारतको बाटो हुँदै रकम भित्रिएको हुनसक्ने उनको भनाई छ । 

तुलना गर्न मिल्दैन : पूर्व अध्यक्ष थापा

 रेमिटर्स एशोसिएशनका पूर्व अध्यक्ष दिवाकर थापा विदेश गएका श्रमिकको संख्यासँग भित्रिएको रेमिट्यान्सको तुलना गर्न नमिल्ने बताउछन् ।  विदेशबाट फर्किनेको तथ्यांक यकिन नभएकाले विदेशिएका अनुसारको रेमिट्यान्स भित्रियन भन्न नमिल्ने उनले प्रष्ट पारे।  यदि २०० जना विदेश जादाँ १०० फर्किएको पनि हुनसक्ने र सो तथ्यांक यकिन नभएको बताए उनले बताए। 'यी कुराले गर्दा विदेश गएअनुसार रेमिट्यान्स भित्रियन भन्न मिल्दैन।’ उनी भन्छन् 'मान्छे बढ्दैमा रेमिट्यान्स सोहि अनुपातमा बढ्छ भन्ने हुँदैन।’

राष्ट्र बैंक पनि भन्छ 'तुलना गर्न मिल्दैन'

नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डा. डिल्लीराम अधिकारी विदेश जानेको संख्या बढेपनि सोहि अनुसार नै रेमिट्यान्स भित्रिन्छ भन्न नसकिने बताउँछन् । विदेश गएका नेपालीको तथ्यांक भएपनि फर्किनेको संख्या यकिन तथ्यांक नभएकाले गएअनुसार कै रेमिट्यान्स भित्रन्छ भन्न नसकिने उनको धारण छ । 

यस्तै, उनले कोभिडको बेला विदेश जानेको संख्याको तुलनामा रेमिट्यान्सको दायरा नै बढी भएको तथ्यांक उल्लेख गर्दै विदेश जाने र रेमिट्यान्सको अनुपात समान हुन नसक्ने बताए । कोभिडको समयमा अर्थात आव ०७७/०७८ मा विदेश जानेको संख्या ६२ प्रतिशतले घटेको थियो । तर, सो बर्ष करिब १० प्रतिशत बढीले रेमिट्यान्स भित्रिएकोले श्रमिक र रेमिट्यान्सको तुलना गर्न नमिल्ने उल्लेख गरे। 

यद्यपि डा. पोखरेलले जति रेमिट्यान्स बढ्नु पर्नेहो सोहि अनुसार भने नबढेको स्वीकार गरे। यसो हुनुमा हुन्डीबाट रकम भित्रिरहेको हुन सक्ने उनको भनाई छ। उनले भने, ‘हुण्डीबाट रकम भित्रिरहेको छ भनेर त यकिन रुपमा भन्न सकिदैन। तर, यस्तो पनि भएको छ कि भन्ने आशंका चै छ ।’

यस्तै उनले जिन्सी सामान तिर रकम लगानी गर्ने गरेको हुनसक्ने बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved