एनआईसी एसिया बैंक लिमिटेड NIC Asia Bank Limited ले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा खुद मुनाफा करिब १६४ प्रतिशतले बढाएर १ अर्ब ५४ करोड पुर्याएको छ।
यस अवधिमा बैंकको संचालन मुनाफा १ अर्ब ३५ करोडले बढेर २ अर्ब १४ करोड पुगेको छ भने वितरणयोग्य मुनाफामा समेत उल्लेख प्रगती देखिएको छ। यस अवधीमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २६ करोड पुगेको छ।
यस अवधिमा बैंकको वासलातको आकार ७४ अर्बबाट २१४ अर्ब पुगेको छ। यस अवधिमा बैंकले १७५ अर्ब ७६ करोड निक्षेप संकलन गरि १४९ अर्ब ३ करोड कर्जा परिचालन गरेको छ। जुन गत आर्थिक बर्षसंगको तुलनामा निक्षेपमा ४६ प्रतिशत र कर्जा परिचालनमा ४८ प्रतिशतले बढी हो।
यस अवधीमा बैंकको पुंजीकोष लागत ७.१६ प्रतिशत छ भने खराब कर्जा अनुपात ०.३० प्रतिशत रहेको छ। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७८.७१ प्रतिशत रहेको छ भने बेश रेट सिंगल डिजिट ९.३३ प्रतिशतमा पुगेको छ। प्रति सेयर आम्दानी ३४ रुपैयाँ ३१ पैसा छ। |
यस अवधिमा बैंकले देशभरका २७३ शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत आफ्ना १४ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।