मेगा बैंकको व्यापार बिस्तारमा छलांङ, नाफा १३१ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 10:47:11 PM मा प्रकाशित

मेगा बैंक नेपाल लिमिटेड चालू आर्थिक बर्षको तेश्रो त्रैमासमा अर्बपति क्लबमा प्रवेश गरेको छ। बैंकले गत आर्थिक बर्षको यसअवधिसँगको तुलना १३१ प्रतिशतले बढाएर १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ५२ करोड ४९ लाख मुनाफा गरेको थियो। 

दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । 

२०७५ चैत्र मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ जुन ७४.८८ प्रतिशतको वृद्धि हो । त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको छ जुन ६९.५४ प्रतिशतको वृद्धि हो। 

बैंकको वितरण योग्य मुनाफा ७६ करोड ७४ लाख रहेको छ  । यस हिसाबमा बैंकले ९.७५ प्रतिशत लाभांश वितरण गर्ने सक्ने छ  । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 

त्यस्तै बैंकको प्रति शेयर आम्दाबी १५.७१, मूल्य आम्दानी अनुपात १४.४६, प्रति शेयर नेट वर्थ १२६.२०, तरलता अनुपात २२.९५ र प्रति शेयर कुल सम्पतिको मूल्य ९२६.५० रहेको छ  । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved