हकप्रद निष्काशन गर्न लागेको एचआईडिसिएलको कमाई १ अर्ब माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 10:34:32 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब माथिको कमाई गरेको छ । कम्पनीले चैत्र मसान्तसम्ममा १ अर्ब १९ करोड कमाएको हो । आय करपछि कम्पनीको खुद नाफा भने ८३ करोड ६६ लाख रहेको छ । कम्पनीको खुद नाफा अघिल्लो बर्षको यसै अवधिको तुलनामा ३४ प्रतिशतले बढेको हो 

११ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीको रिजर्भमा १ अर्ब ११ करोड रहेको छ । कम्पनी जलविद्युत निर्माणको लागि १ अर्ब ९६ करोड ऋण दिएको छ । साथै कम्पनीको विभिन्न बैंकहरुमा १४ अर्ब १५ करोड टर्म डिपोजिटको रुपमा रहेको छ  ।

कम्पनीको प्रति शेयर आम्दानि १०.१४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.७१, नेट वर्थ १०६.९९ रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । हकप्रदको लागि सरकारबाट कम्पनीले ५ अर्ब प्राप्त गरिसकेको छ । उक्त रकम हाल शेयरको अग्रिम भुक्तानी खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved