आशा लघुवित्तको नाफा २५३ प्रतिशत बढ्यो, अन्य सुचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 09:14:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्तले गत आर्थिक बर्षमा ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष (२०७४÷७५) मा लघुवित्तले १ करोड १० लाख ९२ हजार नाफा कमाएकोमा गत आर्थिक बर्षमा २५३.२१ प्रतिशतले नाफा बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा रहेको छ । 

यस अवधिमा लघुवित्तले जगेडा कोषमा पनि उल्लेख्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७६ हजार मात्र रहेको जगेडा कोष गत आर्थिक वर्षको अन्त्यमा ४आउँदा बढेर ३ करोड ८९  लाख ५० हजारको भएको छ । 

लघुवित्तले उक्त अवधिमा ४९ करोड ७६ लाख ११ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षमा २५ करोड ७२ लाख ९४ हजार निक्षेप संकलन गरेको लघुवित्तले ९३.४० प्रतिशतले निक्षेप बढाएको हो । यस्तै लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १९ करोड ८२ लाख ८३ हजार सापटी (बरोइङ) गरेर ल्याएको छ । 

सोहि अवधिमा लघुवित्तको कुल कर्जा लगानी भने १ अर्ब ८९ करोड २६ लाख १६ हजार रहेको छ । अघिल्लो आर्थिक बर्षमा १ अर्ब २७ करोड ५३ लाख ६८ हजार मात्र कर्जा लगानी गरेको थियो ।  

लघुवित्तले उक्त अवधिमा २६ करोड ३१ लाख ३२ हजार ब्याजबाट आम्दानी गरेको छ भने १४ करोड ८० लाख ३० हजार व्याज भुक्तानी गरेको लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड ५१ लाख २ हजार रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ८८.९४ प्रतिशले बढी हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ६ करोड ९ लाख १८ हजार खुद ब्याज आम्दानी गरेको थियो । 

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.४९ प्रतिशत रहेको रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात २०.९१ गुणा, प्रतिशेयर नेटवर्थ ११८.७८ रुपैयाँ तरलता अनुपात १३.८३ प्रतिशत र कोषको लागत ११.०५ प्रतिशत रहेको छ । 

गत आर्थिक वर्षमा साधारण शेयर (आइपिओ) विक्रि गरेको लघुवित्तको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved