ग्लोबल आईएमईसँग मर्ज हुन् लागेको जनता बैंकको यस्तो छ प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 09:36:27 AM मा प्रकाशित

ग्लोबल आईएमई बैंक Global IME Bank Limited संग मर्ज हुन् लागेको जनता बैंक Janata Bank Nepal Limited ले चालु आर्थिक बर्षको पहिलो त्रैंसको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले १३.९७ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको हो ।

अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको मुनाफा ३२.१९ करोड रहेकोमा चालु आर्थिक बर्षको सोहि अवधिमा बैंकको नाफा ३६.६९ करोड रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने १८.५३ करोड रहेको छ ।

यस अवधिमा बैंकको निक्षेप बढेर ७५.०३ अर्ब पुगेको छ भने कर्जा २.६२ प्रतिशतले बढेर ६८.५९ अर्ब पुगेको छ । बैंकको कुल ब्याज आम्दानी २५.४७ प्रतिशतले बढेर ९९.७५ करोड पुगेको छ ।

८ अर्ब चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ३ अर्ब रहेको छ ।  त्यस्तै बैंकले खराब कर्जामा सुधार गरेको छ । बैंकको खराब कर्जा १.५४ प्रतिशतबाट घटेर १.३३ प्रतिशत कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी १८.३४, नेट वर्थ १३७.५०, मूल्य आम्दानी अनुपात ११.६७ गुणा, आधार दर १०.१३ प्रतिशत, कोषको लागत ७.५३ प्रतिशत, सिसिडि ७९.९४ र पुंजी पर्याप्तता अनुपात १३.०६ रहेको छ ।

बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले मङ्सिर २ गते साधारणसभा बोलाएको छ । साधारणसभामा मर्जर सहितका प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved