
हिमालयन डिस्ट्रिलरि लिमिटेड @Himala को चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा मुनाफा ३३ प्रतिशतले बढेर ४३ करोड ७१ लाख पुगेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले ३२ करोड ७१ लाख खुद मुनाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमासको अन्तिम अर्थात चैत मसान्तसम्म कम्पनीको बिक्रि गत आर्थिक बर्षको तुलनामा ५ करोडले घटेर १ अर्ब ८१ करोड भएको कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीको संचालन आम्दानी पनि ४ करोड ४७ लाखबाट घटेर ३ करोड ६० लाखमा सिमित भएको छ । यस अवधिमा कम्पनीको सेयर पूंजी ५७ करोड ८४ लाख रहेको छ भने जगेडा कोषमा ६४ करोड ६३ लाख रहेको छ ।
यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १०० रुपैयाँ ७६ पैसा, मुल्य आम्दानी अनुपात १२ रुपैयाँ ७० गुणा तथा प्रति सेयर नेटवर्थ २११ रुपैयाँ ७३ पैसा रहेको छ । हिमालयन डिस्ट्रिलरिले हिमालयन आलिया, रोयल ट्रेजरी व्हिस्की, ब्ल्याक ओक, गोल्डेन ओक ब्राण्डका मदिरा बिक्रि गर्दै आएको छ ।