
चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३०.२५ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६ करोड २४ लाख खुद नाफा कमाएकोमा चल्य आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा घटेर ४ करोड ३५ लाखमा सिमित भएको हो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ४१.९० प्रतिशतले बढेर १८ करोड ८२ लाख पुगेको छ । त्यस्तै कम्पनीको सापटी ८०.३९ प्रतिशतले बढेर ३ अर्ब ४८ करोड पुगेको छ भने निक्षेप ४८.८२ प्रतिशतले बढेर १ अर्ब ५७ करोड पुगेको छ । यस अवधिमा कम्पनीको कर्जा प्रवाह ६६.३० प्रतिशतले बढेर ५ अर्ब ४६ करोड पुगेको छ । ३० करोड ६९ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १९ करोड १० लाख रहेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्द्नै २८.३७ रुपैयाँ , प्रति शेयर नेटवर्थ १६२.२५ रुपैयाँ , र पीई रेसियो ४३.२५ गुणा रहेको छ ।