
नेपाल राष्ट्र बैंकले शाईन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited लाई हकप्रद निष्काशन गर्न रोक लगाएको छ । कम्पनीले ४:१ को अनुपातमा हकप्रद निष्काशन गर्नको लागि विशेष साधारणसभाबाट पारित गरी राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएको थियो । राष्ट्र बैंकले कम्पनीको उक्त हकप्रद निष्काशन प्रस्ताव अस्वीकृत गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । लाभांशपछि बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६३ लाख पुगेको छ । बैंकले हकप्रद मार्फत चुक्ता पुँजी ३ अर्ब ६७ करोड २० लाख पुर्याउने प्रस्ताव गरेपनि राष्ट्र बैंकले उक्त प्रस्ताव अस्वीकृत गरेको हो ।
बैंकमा संस्थापक शेयर समुहको स्वामित्व ५४.८५ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामित्व ४५.१५ प्रतिशत कायम गर्न भने राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ ।