
नागरिक लगानी कोष Citizen Investment Trust ले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको हो ।
उक्त सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविविको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेले हस्ताक्षर गरेका छन् ।
कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्न लागेको हो । कोषले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्न लागेको हो।