भिबोर र सोसाइटी डेभलपमेन्ट बैंकको एकिकृत कारोबार शुक्रबारदेखि, देशकै ठुलो विकास बैंक बन्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2016 | 05:20:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भिबोर र सोसाइटी डेभलपमेण्ट बैंकले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। भिबोर र सोसाईटी डेभलपमेन्ट बैंकलाई मर्जरका लागी नेपाल राष्ट्र बैंकले केहि दिन अघि मात्र अन्तिम स्वीकृति दिएको हो। 

असार मसान्त भित्र एकीकृत कारोबार थालनी गर्ने गरी पुष ९ गते मर्जरमा गएका यी दुवै बैंकले ढिलो गरी राष्ट्र बैंकबाट मर्जरका लागी अन्तिम स्वीकृति पाएका हुन। मर्जरका लागी अन्तिम स्वीकृति पाएका दुवै बैंकले चुक्तापूँजीको हिसाबले देशकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।   

मर्जर पछी दुवै बैंकले ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ को नाममा संयुक्त कारोबार सुरु गर्ने छन। मर्जरपछी बन्ने ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ को चुक्ता पुंजी १ अर्ब ८१ करोड रुपैयाँ पुग्ने छ। यो संगै बैंकले कैलाश विकास बैंकको १ अर्ब ५८ करोड चुक्ता पुंजीलाई उछिन्दै चुक्ता पुंजीमा देशकै ठुलो विकास बन्ने छ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्ने निदेशन दिएपछी दुवै बैंकले झन्डै ८ महिना अगाडी मर्ज हुने सम्झौता गरेका थिए। दुवै बैंकले सेयर स्वाप रेसियो, संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृतको समेत टुंगो लगाइसकेका छन।

संयुक्त कारोबारको तयारीमा रहेको नयाँ बैंकको अध्यक्षमा हाल सोसाइटी डेभलपमेन्ट बैंकका अध्यक्ष शुशीलराज पराजुली रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा हाल भिबोर विकास बैंकका प्रमुख कार्यकारी झलकप्रसाद खनालले रहेन सहमती भएको छ। त्यस्तै मर्जर पछि बैंकको शाखा कार्यलाको संख्या ४२ र एक्सटेन्सन काउण्टर संख्या १ पुग्नेछ। 

हाल त्रिपुरेश्वरमा मुख्य कार्यालय रहेको भिबोर र डिल्लीबजारमा मुख्य कार्यालय रहेको सोसाइटी डेभलपमेन्टको मर्ज पछि बन्ने संस्थाको रजिष्टर्ड  कार्यालय काठमाण्डौंको डिल्लीबजारमा रहेको अहिलेको सोसाइटी डेभलपमेण्ट बैंकको कार्यालय हुनेछ ।

अघिल्लो आर्थिक बर्षसंगको तुलनामा सोसाइटी डेभलपमेन्ट बैंकको खुद मुनाफा  घटेको छ भने भीबोर विकास बैंकको मुनाफा २८ प्रतिशत भन्दा बढीले बढेको छ।

सोसाइटी डेभलपमेन्ट बैंक
गत आर्थिक बर्षको यस अवधिमा सोसाइटी डेभलपमेन्ट बैंकले २० करोड ५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन अघिल्लो बर्षको यस अवधिसंगको तुलनामा २७ लाख रुपैयाँले कम हो।

यस अवधिमा बैंकको संचलान मुनाफा र खुद ब्याज आम्दानी बढे पनि खुद मुनाफा भने घटेको छ। यस अवधिमा बैंकले ३१ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस अवधिमा बैंकले ७ अर्ब ५९ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब १२ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप तथा कर्जा लगानी अघिल्लो बर्षको यस अवधिसंगको तुलनामा बढेको छ।

बैंकले अघिल्लो आर्थिक बर्षको यस अवधिको ३।९२ प्रतिशत खराब कर्जा अनुपातलाई घटाएर यस अवधिमा १।९९ प्रतिशतमा झार्न सफल भएको छ। त्यस्तै यस अवधिमा बैंकले ११ करोड रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

हाल बैंकको चुक्ता पुंजी ८९ करोड ७९ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम १० करोड २७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २२.३३ रुपैयाँ, मूल्य आम्दानि अनुपात ५.९६ गुणा, प्रतिशेयर नेटवर्थ १०१.४५ रुपैयाँ रहेको छ।

भिबोर विकास बैंक
भिबोर विकास बैंकले गत आर्थिक बर्षको यस अवधिमा २० करोड ३७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन अघिल्लो बर्षको यस अवधिसंगको तुलनामा ४ करोड १५ लाख रुपैयाँले बढी हो।

यस अवधिमा बैंकको संचलान मुनाफा र खुद ब्याज आम्दानी बढेकाले खुद मुनाफामा समेत उल्लेख्य प्रगती देखिएको छ। यस अवधिमा बैंकले १९ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस अवधिमा बैंकले ६ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २८ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप तथा कर्जा लगानी अघिल्लो बर्षको यस अवधिसंगको तुलनामा बढेको छ।

बैंकले अघिल्लो आर्थिक बर्षको यस अवधिको २।५० प्रतिशत खराब कर्जा अनुपातलाई घटाएर यस अवधिमा ०।७९ प्रतिशतमा झार्न सफल भएको छ। त्यस्तै यस अवधिमा बैंकले १० करोड १० लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

हाल बैंकको चुक्ता पुंजी ९१ करोड ७० लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम २ करोड रुपैयाँले नकारात्मक रहेको छ। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २२.२१ रुपैयाँ, मुल्य आम्दानी अनुपात ६.८४ गुणा, प्रतिशेयर नेटवर्थ ९७.४७ रुपैयाँ रहेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved