निगमले घटायो खाना पकाउने ग्यास सिलिण्डरको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2016 | 05:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले खाना पकाउने ग्यास सिलिण्डरको मूल्य समायोजन गरेको छ। निगमले मूल्य समायोजन गर्दै ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।  यस अघि उपभोक्ताले प्रति सिलिण्डर ग्यासको १ हजार ३ सय ७५ तिर्दै आएका थिए । 

नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि नै लागू हुने छ ।

केही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो।  

 मूल्य समायोजनपछि निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ ५० पैसा नाफा रहने छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved