बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2016 | 11:13:23 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको कारोबारमा प्रति तोला ५८ हजार २  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४  सयले बढेर प्रति तोला ५८ हजार ६  सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ३  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७५    रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १५  रुपियाँले बढी हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार २  सय ४०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५० रुपैयाँ रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved