अपि पावरले ५ प्रतिशत बोनस शेयर दिने, ३ ठूला आयोजना बनाउँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2016 | 06:54:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अपी पावर कम्पनी लिमीटेडले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको तेह्रौ बार्षिक साधारण सभाले लगानिकर्तालाई ५ प्रतिशत बोनस शेयर दिने र १ सय २३ मेगावाटका तीन जलविद्युत आयोजना अघि बढाउने निर्णय गरेको छ। 

कम्पनीले ७५ मेगावाटको त्रिशुली गल्छी, ४० मेगावाट अपर चमेलिया र ८ मेगावाटको अपर नौगड गाढ गरी १ सय २३ मेगावाटका तिन जलविद्युत आयोजना अघि बढाउन लागेको साधारण सभामा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिएका छन। 

कम्पनीले १५ महिनाभित्र पुरा गर्ने लक्ष्य सहित छिट्टै अपर नौगड निर्माण सुरु गर्ने र चार बर्षभित्र पुरा गर्ने लक्ष्य सहित आगामी कार्तिकदेखि त्रिशुली गल्छी निर्माण सुरु गर्ने कार्यक्रममा बताइएको छ। साथै अपरगड सम्पन्न गरेपछि अपर चमेलिया आयोजना निर्माण गर्ने लक्ष्य राखिएको साधारणसभामा जानकारी दिईएको थियो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved