सवारीको इन्जिन 'बुष्ट' गर्ने ‘टोटल म्याक्स पावर’ सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2016 | 06:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 अटो मोवाइलको क्षेत्रमा ‘टोटल म्याक्स पावर’ नामक नयाँ उत्पादन सार्वजनिक भएको छ । श्री पशुपति  मेकानिकल ट्रेडर्स, त्रिपुरेश्वरले ल्याएको यो उत्पादनले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ क्रान्ति ल्याउने कम्पनीले दाबी गरेको  छ । कम्पनीले यो उत्पादनको प्रयोगले दैनिक प्रयोगमा आउने सवारीमा आउने समस्यालाई हल गर्ने बताएको छ ।

कम्पनीले सार्वजनिक गरेको टोटल म्याक्स पावर एउटा सानो प्रविधि हो । जुन डिभाइसलाई सवारीमा जोडेपछि त्यसले इन्जिन र फ्यूल दुवैतिर काम गर्ने गर्छ । यसको ‘इलेक्ट्रोलाइसिस अफ वाटर’ प्रविधिले इन्जिन र फ्युलमा अक्सिडेसन बढाउने र जसले जुनसुकै सवारीको पनि पर्फमेन्स बढाउने   कम्पनीले बताएको छ ।

नेपाल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका नवीन अग्रवालले टोटल म्याक्स पावरले नेपाली सडकमा गुड्ने सबै सवारीको इन्जिनलाई बुस्ट गर्ने बताए । कम्पनीले प्रडक्टका लागि नेपाल प्रहरीसँग समन्वय गरेर प्रहरीको मोटरसाइकलमा परीक्षणसमेत गरेको थियो । तीन महिना समय लगाएर ५ हजार किलोमिटरसम्म परीक्षणमा यो प्रडक्टको प्रयोगले मोटरसाइकलको माइलेज ३५ प्रतिशत बिद्री, क्षमता, पिकअप तथा इन्जिन चुस्त– दुरुस्त राख्न सहयोग पुर्याएको अनुसन्धानमा पुष्टि भएको थियो ।  

 प्रडक्टको उद्घाटन गर्दै नेपाल प्रहरीका एसएसपी मिलन बस्नेतले नेपालको अटोमोबाइल क्षेत्रमा यस प्रकारको प्रडक्ट सार्वजनिक हुनु सुखद भएको बताए । उनले भने –‘टोटल म्याक्स पावर नेपालको एउटा चमत्कारिक उत्पादन भएको र यस्तो उत्पादन नेपालमै भएकाले सबैले गर्व गर्नुपर्छ ।’ उनले भने –‘नेपाल प्रहरीका लागि पनि यस्ता उत्पादन निकै उपयोगी छन् । जब हामी हाम्रो मिसनमा सवारी लिएर हिंडछौं । तब विभिन्न समसया आइपर्छ, प्राविधिक रुपमा आउने समस्यालाई कम गर्न यो प्रडक्ट हामिसगै सबैलाई सहयोगी हुनेछ । ’ 


कम्पनीका प्रबन्ध निर्देशक अविनाश जजोडियाले भने–‘हामीले दैनिक प्रयोग गर्ने सवारी साधनमा माइलेज, पावर ,इन्जिन, क्लचलगायतमा धेरै समस्या आउने भएकाले यस उत्पादको प्रयोगबाट यस्तो समस्या हटेर जानेछ ।’ यो उत्पादनलाई बजारमा ल्याउनुअघि दुई महिनासम्म विभिन्न सवारी साधन र मोटरवाइकमा परिक्षण गरिएका र बजारमा ल्याइएको पनि उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved