'देशको अर्थतन्त्र अझै पनि नेपालीको हातमा छैन' अर्थमन्त्री महरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2016 | 11:21:35 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्र अझै पनि नेपालीको हातमा नरहेको बताएका छन।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रम महराले आफ्नो एक महिने अनुभवमा नेपालको अर्थतन्त्र नेपालीको हातमा नभएको पाएको बताए।

नेपालको अर्थतन्त्र किन नेपालीको हातमा छैन र कस्को हातमा छ भन्ने बारे केहि नबोलेका उपप्रम महराले नेपालको अर्थतन्त्र सहि ट्रयाकमा आउन अझै केहि समय लाग्ने बताए। 'अर्थतन्त्र अझै पनि नेपालीको हातमा छैन, राजनीति सहि ट्रयाकमा आउन समय लागे झैँ अर्थतन्त्रलाई समेत ट्रयाकमा ल्याउन मिहिनेत गर्नु पर्छ' उनले भने।

उपप्रम महराले उत्पादनशील उद्योगको प्रवद्र्धन, प्रोत्साहन तथा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार लागिपरेको बताए। स्वस्थ्य प्रतिस्प्रधात्मक राजनीति नै स्वस्थ तथा मजबुत अर्थतन्त्रको आधार भएको उनले बताए।  

सोहि अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपालले आर्थिक पत्रकारले आचार संहिता पालना गरेर समाचार लेख्दा त्यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने धारणा ब्यक्त गरे। 'आर्थिक पत्रकारिता बलियो बनाउन आर्थिक पत्रकारहरुले आचारसंहिता पालना गर्नुपर्छ' उनले भने।

मुलुकमा पत्रकारितामा मौलाएको विकृति र ‘बार्गे्निङ’ गर्ने प्रबृत्तिको अन्त्य गर्न सेजनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिदै डा नेपालले आर्थिक पत्रकारहरुले आचारसंहिता पालना गर्नु पर्ने बताए।  

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved