पर्यटन क्षेत्रमा अझै भूकम्प र नाकाबन्दीको प्रभाव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 02:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्षा थामिईसक्यो । आकास निलाम्मे भइ सक्यो । ध्यानमग्न ऋषि जस्ता सेता हिमाल टाढा बाटै देख्न सकिने गरी मौसम उघारी सक्यो । नदी सग्ला भई सके । बाटा घाटा खुली सके ।अर्थात् पर्यटकिय मौसम सुरु भयो । यस वर्षको पर्यटन मौसम सुरु भए पनि पर्यटन व्यवसायी भने उत्साही देखिदैनन ।

पर्यटन व्यवसायी भन्छन् अघिल्लो वर्षको भूकम्प र नाकाबन्दीको त्रास पर्यटन क्षेत्रले अहिले पनि भोग्दैछ । मौसम त खुब खुलेको छ तर व्यवसायी खुलेर हास्न सकेको छैन – होटल एसोसिएसन नेपालका कर्मचारी निर्देशक प्रवेश अर्यालको पर्यटन अनुभव छ । उनी भन्छन – अगस्ट सेसन पर्यटन व्यवसायिका लागि त्यति उत्साहप्रद छैन । अझ होटल त पर्यटकको अभावमा टिक्न पनि नसक्ने अवस्थामा पुगी सकेका छन – अर्याल भन्छन ।

उनका अनुसार नेपाल भरीका ग्रेडेड होटलमा कुल अठ्ठाइस हजार रुम तयार छन् । तर यो सेसनका लागि जम्मा १५ हजार रुम मात्रै वुकिंग भएका छन् । फाट्टफुट्ट फुटकर रुपमा अरु १ हजार भन्दा बढी रुम अक्कुपाइड नहुने उनको अनुमान छ ।

यस्तो किन भयो

हामीले जिज्ञासा राख्यौ , यस्तो सहज अवस्थामा पनि किन यस्तो भएको कार्यकारी प्रमुख अर्यालले भने – यो सबै भारतीय नाकाबन्दी र भूकम्पको करामत हो । उनका अनुसार पर्यटन क्षेत्रमा हुने अग्रिम बुकिङ  प्राय १ वर्ष पहिले नै हुने गर्छ । जुन वेला नेपालमा पर्यटन मौसम सुरु हुदै थियो र बुकिङको माहोल वन्दै थियो , भुई –चालोले सबै तहस नहस पार्यो । यसले विश्वमा नेपालको छबि विगरिदियो । उनले थपे – तत्कालै भारतले नाकाबन्दी गरिदियो । नेपालमा केहि चिज नै छैन भन्ने म्यासेज गयो । परिणामत , यो सिजनको होटल बुकिङग ६२ प्रतिशतमै खुम्चिन पुग्यो ।

आउदा सिजन सुखद सङ्केत

होटल व्यवसायमा आउदा सिजन भने सुखद रहेको कार्यकारी निर्देशक अर्याल बताउछन् । उनका अनुसार – डिसेम्बर र अप्रिल सिजनका लागि ८० देखि ८५ प्रतिसत बुकिङ भइ सकेका छन् ।

कति खर्च गर्छन् पर्यटकले

बिदेशबाट नेपाल घुम्न आउने पर्यटकले दैनिक सरदर ३५ देखि ४० दलार खर्च गरेको अर्यालले वताए । उनका अनुसार सरदर एक पर्यटक नेपाल आइसके पछी १२ दिन वस्ने गरेका छन् । यसले गर्दा प्रति पर्यटक ४ सय ५० डलर नेपालले आम्दानी गर्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved