बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ: शाक्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 03:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन् । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले  ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन नमिल्ने जिकिर गरे । 


अध्यक्ष शाक्यले भने – ‘के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको कारण खोज्ने जिम्मा बैंक तथा सरकारको हो ।’सुनचाँदी सम्बन्धी छुट्टै ऐन नहुँदा प्रहरी प्रशासनको तजबिजमा व्यवसायीहरुले कारबाही भोग्नुपर्ने बाध्यताको उनले  आलोचना गरे  । 


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सुनचाँदीजस्तो संवेदनशील व्यवसाय सम्बन्धी छुट्टै ऐन नहुँदा जिल्ला÷जिल्लामा समस्या रहेको बताए  । कार्यक्रममा भक्तपुरका दुई वरिष्ठ सुनचाँदी व्यवसायी शाक्यान शाक्य र अष्टबज्र शाक्यलाई सम्मान गरिएको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved