दशैको अवसरमा आकर्षक छुट र यथेष्ट सुबिधा सहित मोबाइल एक्स्पो हुदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2016 | 04:37:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ट सुबिधा सहितको मोबाइल एक्स्पो आयोजना गर्ने भएको छ  । बजारले विजयादशमीको अवसर पारेर मोबाइल पारखीहरुका लागि सामसुङ मोबाइल जे टु एस ६ सिटिसी मोबाइल एक्स्पो २०१६ आयोजना गर्न लागेको हो । असोज ७ गतेदेखि असोज १५ गतेसम्म आयोजना  हुन् लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर (भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुनेछ ।

८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल सेटको कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुने आयोजकले जनाएको छ  । त्यसका अतिरिक्त केही कम्पनी मार्फत ग्राहकले मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पाउने छन्  ।

एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश , फ्रि वाइफाईको सेवा उपलब्ध हुने छ  । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन ६ जना लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने आयोजकको तयारी छ  ।  त्यस्तै बेस्ट सेल्फी अवार्ड र विभिन्न मोबाइल सम्बन्धी क्रियाकलापहरु गरी थुपै्र मोबाइलहरु पुरस्कार स्वरुप प्रदान गरिने बताईएको छ । 

यस एक्स्पोमा हरेक दिन अफरमा भारी छुटका साथै हरेक दिन लक्की ड्र मार्फत भाग्यशाली अवलोकनकर्ता र खरीदकर्ताहरुलाई प्रत्येक दिन ५ जनालाई मोबाइलका साथै क्यास रिवेट भौचर जसमा २५०० देखि १०००० खरिद भौचरहरु प्रदान गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दीईयो  । यसै एक्स्पो मार्फत दशैं तिहारको अवसरमा फेस्टिभ अफरको पनि शुरुवात गरिनेछ जसमा यस एक्स्पोदेखि दशैं तिहार र छठसम्म यस सिटिसि मोबाइल बजारमा स्मार्टफोन खरिद गर्ने भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत बम्पर उपहार होण्डा हर्नेट मोटरसाइकलका साथै टिभी, फ्रिज, भ्याकुम क्लिनर, रुम हिटर, वासिङ्गमेशीन र मोबाइलहरु प्रदान गरिने भएको छ ।

एक्सपोमा ३ लाखभन्दा बढी अवलोकन कर्ता आउने बिश्वास आयोजकले लिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved