अन्तत खुल्यो दशैँको लागि अग्रिम टिकट बुकिङ  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2016 | 08:56:41 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीबाट बाहिरिने यात्रीहरुका लागी अग्रिम टिकट बुकिङ आज देखी खुला हुने भएको छ।  यातायात व्यवस्था बिभागमा भएको सरोकारवाला निकाय र संघसंस्थाबीच भएको बैठकमा यातायात व्यवसायीहरुको अधिकांश माग पुरा भएपछि असोज ७ देखि नै अग्रिम बुकिङ खुला हुने भएको हो। 

असोज ७ देखि काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकटको बुकिङ सुरु हुने भएको छ। टिकट बुकिङका लागी सरकारले आवश्यक पुर्वतयारी पुरा गरेको जनाइएको छ। 

ग्रामिण भेगमा रुट परमिट फिर्ता, कलंकी देखि नागढुंगा सडक स्तरोन्नति, डिलक्स गाडीमा  २० % भाडा वढ्ने लगायतका अधिकांश माग पुरा भएकाले असोज ७ देखि टिकट बुकिङ खुला हुने यातायात व्यवसायी राष्ट्रिय महांसघका महासचिव सरोज सीटौलाले जानकारी दिएका छन।

दशैँ तिहारको लागी काठमान्डौबाट बाहिरिने यात्रीहरुका लागी असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी गरिएपनि सरकार र यातायात व्यवसायीबीचको बिबादका कारण रोकिएको थियो।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved