सनराइजले किन्यो एनआइडिसी क्यापिटल मार्केट्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2016 | 10:50:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक लिमिटेडले एनआइडिसी क्यापिटल मार्केट्स किनेको छ। असोज ९ गते एक यस सम्बन्धी सम्झौतामा दुवै बैंकका अध्यक्षहरुबीच कार्यक्रमबीच हस्ताक्षर भएको छ। 

एनसीएम. मर्चेण्ट बैंकिंङ लि. स्थापना गरी सफलता पुर्वक मर्चेन्ट बैंकिंङ कारोबार गर्दै आएको एनआइडिसी क्यापिटल खरिद गरेको सनराइज बैंकले यस अगाडी नारायणी फाइनान्स खरिद गरेको थियो। 

एनआइडिसी क्यापिटल खरिद गर्ने सहमतीसंगै मर्चेन्ट बैंकिंङमा समेत सनराइज बैंकको बलियो उपस्तिथी हुने देखिएको छ। नेपालमा पहिलो पटक म्युचुअल फन्ड सुरु गर्ने संस्थाको रुपमा परिचित एनआइडिसी क्यापिटललाई किने पछी सनराइज बैंकको वित्तीय पहुँच, कारोबार तथा मर्चेन्ट बैंकिंङमा समेत बलियो उपस्तिथी हुने अपेक्षा गरिएको छ। 

दुवै बैंकका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेसंगै एनआइडिसी क्यापिटल मार्केट्सको धितोपत्र कारोवार रोक्का गरी पूर्व स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा दरखास्त दिने तयारी गरिएको जनाइएको छ। यद्दपी एनआइडिसी क्यापिटल मार्केट्सलाई सनराइज बैंकले प्राप्ति गर्दाको स्वाप रेसियोमा भएको सहमती बारे केहि खुलाइएको छैन।       

सनराइज बैंकले गत आर्थिक बर्षको कमाइबाट दिन लागेको ३३।३३ प्रतिशत बोनस शेयर वितरण र एनआइडिसी क्यापिटल मार्केट्स प्राप्ति पछी बैंकको चुक्ता पुंजी ५ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।  

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved