५५ करोड करोड लगानीमा बेसमेन्ट पार्किङ निर्माण हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 08:09:43 AM मा प्रकाशित

laxmi  sunrise bank

लैनचौरमा रहेको खुला स्थानमा बेसमेन्ट पार्किङ निर्माणका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।काठमाडौँ महानगरपालिकाले यहाँ आज आयोजित छलफलमा सहरी तथा क्षेत्रीय योजनाकारको एक समूहले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

उक्त स्थानमा रहेका सात रोपनी खाली जग्गामा सवारी पार्किङ स्थल निर्माण गर्न लागिएको बताइएको छ ।अध्ययन प्रतिवेदनअनुसार दुई तलाको बेसमेन्ट पार्किङ र माथिल्लो भागमा एक तलाको सपिङ कम्प्लेक्स बनाउने तयारी छ । निर्माणका लागि ५५ करोड लाग्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन समूहका प्रमुख सहरी तथा क्षेत्रीय योजनाविद् योगेशपूर्ण श्रेष्ठका अनुसार ठमेल क्षेत्रमा यातायात साधनबाट हुने जाम कम गर्न र व्यवस्थित रुपमा पार्किङ गर्नका लागि बेसमेन्ट निर्माण गर्न लागिएको हो ।

निर्माण गरिएको ३० वर्षसम्म निर्माण कम्पनीले प्रयोग गर्नेछ भने त्यसपछिको समयमा कामपालाई दिनुपर्नेछ । उक्त पार्किङस्थलमा एक पटकमा कार र मोटरसाइकल गरी झन्डै ३५० वटा सवारी साधन पार्किङ गर्न मिल्नेछ । सोही स्थानलाई जोडेर सर्वसाधारण र यातायातको साधनका लागि सब–वेको पनि निर्माण गर्ने योजना छ । रासस

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved