आज पनि घट्यो सुनको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2016 | 11:08:02 AM मा प्रकाशित

laxmi  sunrise bank

बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य सातको तेस्रो दिन मंगलबार पनि घटेको छ   । सोमबारको  कारोबारमा प्रति तोला ५७  हजार ९  सयमा  कारोबार भएको छापावाल सुन  आज मंगलबार तोलामा १  सयले घटेर प्रति तोला ५७  हजार ८  सयमा कारोबार भई रहेको छ ।   त्यस्तै तेजावी सुन प्रति तोला ५७  हजार ५   सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।

चाँदी भने हिजो कै मूल्य प्रति तोला  ८ सय ६०   रुपैयाँमा कारोबार  भईरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ५    सय ५५   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३  सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपियाँ  ५० पैसा  कायम गरिएको छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved