को हुन माछापुच्छ्रे बैंकको सिइओमा नियुक्त निरज श्रेष्ठ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2016 | 12:09:21 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी प्रमुखमा निरज श्रेष्ट नियुक्त भएका छन। सोमबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई ४ बर्षका लागि प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो। 

श्रेष्ठले असोज २८ देखि बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने बैंक स्रोतले जनाएको छ। बाणिज्य बैंकहरुको कान्छो प्रमुख कार्यकारीको रुपमा माछापुच्छ्रे बैंकको जिम्मेवारी पाएका श्रेष्ट केहि समय अघि ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका थिए।

एनआइसी र एनआइसी एसिया बैंकमा सेकेन्ड म्यानको रुपमा नौ बर्ष काम गरेका श्रेष्ठले २०७१ सालको भदौमा एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका थिए। श्रेष्टले हालको स्ट्यान्डर्ड चार्टड बैंक (तात्कालिन ग्रिनलेज बैंक) बाट २०४६ सालमा बैंकिङ करियर सुरु गरेका हुन।   

यस अघि माछापुच्छ्रे बैंकमा चार बर्ष सिइओ रहेका तुलसीराम गौतम गत साता विदामा बसेका थिए । सञ्चालक समितिले कार्यकाल नथप्ने जनाउ दिए पछि उनी एक महिना पदावधी छँदै विदामा बसेका थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved