दशैँको बेलामा सुनको भाउ घट्ने क्रम जारी, आज पनि घट्यो मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2016 | 11:32:18 AM मा प्रकाशित

laxmi  sunrise bank

बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मूल्य सातको पाचौ दिन बिहिबार पनि घटेको छ   । बुधबारको  कारोबारमा प्रति तोला ५६   हजार ७  सयमा  कारोबार भएको छापावाल सुन  आज बिहिबार तोलामा ४  सयले घटेर प्रति तोला ५६   हजार ३    सयमा कारोबार भई रहेको छ ।   त्यस्तै तेजावी सुन प्रति तोला ५६    हजार   ५० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।

चाँदी भने तोलम १० रुपियाँले घटेर प्रति तोला  ८ सय २०  रुपैयाँमा कारोबार  भईरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार २   सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८  हजार ५५   रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३ रुपियाँ  ५०  कायम गरिएको छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved