बिगत केहि दिन देखि घट्दो क्रममा रहेको सुनको मुल्या साताको आन्तिम दिन शुक्रबार समेत घटेको छ। बिहिबारको कारोबारमा प्रति तोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै तेजाबी सुन प्रति तोला ५५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । छापावाल सुन अघिल्लो हप्ताको पहिलो दिनमा प्रति तोला ५९ हजारमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दो क्रममा छ ।
चांदी पनि तोला १० रुपैयाँले घटेर प्रति तोला ८ सय १० रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४८ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६ सय ९५ रुपैयाँ कायम गरिएको छ।