नेपाल प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन: कुन रुटमा कतीबेला, यस्तो छ समय तालिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2016 | 06:53:46 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको बेला राजधानीका सर्वसाधारण यात्रुहरुको सुविधालाई ध्यानमा राखी नेपाल प्रहरीको निशुल्क बस सेवा आजदेखि संचालनमा आएको छ। बिहान १० बजे देखि बेलुकी ७ बजेसम्मका लागि राजधानीका तीन रुटमा निशुल्क बस संचालनमा आउने नेपाल प्रहरीले जनाएको छ। 

निशुल्क बस सेवा अन्तर्गतको पहिलो रुटको बस नक्सालबाट सुरु हुँदै पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल आइपुग्नेछ ।

त्यस्तै दोस्रो रुटको बस नक्सालबाट सुरु हुँदै  मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल आइपुग्नेछ ।

तेस्रो रुटको बस नक्सालबाट सुरु हुँदै जयनेपाल हल चोक, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, रातोपुल हुँदै पुनः नक्साल आइपुग्ने प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved