खेलकुद पहिरन सम्बन्धी ब्राण्ड पुमाले नेपालमा आफ्नो नयाँ शोरुम संचालन गरेको छ। भारतीय नायिका नेहा धुपियाले सयौं फयान्हरुमाझ उक्त शोरुमको भव्य समारोहबीच उद्घाटन गरेको शोरुममा जीवनशैलीदेखि फुटबल, रनिङ गीयर र जीमका परिधानहरुसम्मका पुमाको नवीनतम् प्रस्तुतिहरु र खेलशैलीका उत्पादनहरु उपलब्ध हुने बताइएको छ।
खेलकुद सामग्रीहरुको विकास, डिजाइन, बिक्री वितरण र बजारीकरणमा अग्रणी स्थान ओगट्दै पुमाले बितेको ६५ वर्षमा पुमाले ठुला सफलताहरु हात पार्दै आइरहेको छ। फुटबल, दौड, प्रशिक्षण र फिटनेस, गल्फ आदि सम्बद्ध खेल सामग्रीहरु एवं परिधानहरु उत्पादन गर्दै आएको कम्पनीले विश्वमा १२० भन्दा बढी देशहरुमा आफ्नो उत्पादन बिक्री वितरण गर्दै आएको छ ।
जर्मनीमा प्रधान कार्यालय रहेको यस कम्पनीमा १०,००० भन्दा बढी कामदारहरु कार्यरत छन् ।