सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या

रासस

रासस

Jan 30, 2019 | 04:07:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत एक वर्षदेखि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । 

गाउँपालिका कार्यालय र वडा कार्यालयको लापर्वाहीका कारण सो वडाका करीब १५० भन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले गत फागुन महीनायता सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गत वर्षको माघ महीनामा सामाजिक सुरक्षा भत्ता लिएदेखि  अहिलेसम्म सामाजिक सुरक्षाभत्ता पाउन नसकेको ज्येष्ठ नागरिक देवनाथ यादव बताउछन । 

आर्थिक वर्ष २०७४-०७५ को तेस्रो किस्ता र चालू आर्थिक वर्ष दुई किस्ताबापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । “सामाजिक सुरक्षा भत्ताकै रकमबाट औषधोपचार गराइरहेको थिए”, स्थानीयवासी ८१ वर्षीय रामेश्वर यादवले भने, “श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउन समेत समस्या भएको छ ।” भत्ताबापतको रकमका लागि पटकपटक वडा कार्यालयदेखि गाउँपालिका कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको यादवको गुनासो छ । 

गाउँपालिकाले समयमा निकासा नदिएकाले  सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको वडाध्यक्ष राम औतार यादव बताउछन । वडा कार्यालयमा वडासचिव समेत लामो समयदेखि नहुँदा काम गर्न कठिनाइ भइरहेको वडाध्यक्षको भनाइ छ । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved