आयो नूनको बिक्रि मूल्यमा एकरुपता भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 04:41:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिमा परेका छन् । 

लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ वटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा बिक्री गर्दै आएको छ । सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो २० सम्ममा बिक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले २२ देखि २५ सम्ममा बेच्ने गरेकाले उपभोक्ता ठगिँदै आएका हुन् । 

डिलरले ढुवानी खर्चका नाममा सरकारले तोकेको बिक्री मूल्यभन्दा प्रतिकिलो पाँचसम्म बढी मुनाफा लिएर बेच्ने गरेकाले सर्वसाधारण ठगिँदै आएको वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाका उपभोक्ता शेषमन पण्डितको भनाइ छ । 

नेपालमा आयोडिनयुक्त नूनको भाउ नबढेको करीब चार वर्ष भएको छ तर पनि डिलरले बढी मूल्य लिएर बेच्ने गरेको आफूलाई थाहा नभएको उल्लेख गर्दै अञ्चल प्रबन्धक अमोज लामिछानेले भने, “भाडा दर तथा ढुवानी खर्चिलो भएकाले डिलरले बढी मूल्यमा नून बेच्ने गरेका हुन् ।” 

डिलरले सुदूरग्रामीण तथा दुर्गम गाउँसम्म आयोडिन नून पुर्याउन नसक्दा सीमा क्षेत्रका बासिन्दा भारतीय नून प्रयोग गर्न बाध्य भएको उपभोक्ताको गुनासो छ । 

कार्यालयले जिल्लामा आर्थिक वर्ष २०७३र०७४ मा १  लाख ३ हजार ६३४ बोरा २०७४र०७५ मा १  लाख ४३ हजार बोरा आयो नून बिक्री गरेको थियो ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved