बाह्य सुन्दरताको यक्ष प्रश्नमा तरकारीवाली , किन हुदैछ उनको नाममा प्रपोगाण्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2016 | 05:33:15 PM मा प्रकाशित

laxmi  sunrise bank

वास्तवमा हरेक व्यक्ति सुन्दर हुन्छ, कोही पनि कुरुप हुदैन । सौन्दर्य कुनै बस्तु बा ब्यक्तिमा सीमित नभई मात्र हेर्ने आखामा भर पर्ने कुरा हो । साथै शारिरीक श्रम गरेर जिविकोपार्जन गर्ने साथै मानसिक परिश्रम गर्ने कोही पनि ग्ल्यामर फिल्डमा काम गर्ने भन्दा कम राम्रा हुदैनन्। तर यति राम्री युवतीले टमाटरको भारी बोक्ने रहिछन् भनेर बडो अचम्मित हुनुपर्ने र त्यस्ती युवतीको फोटो खिचेर सामाजिक संजालमा राख्ने, युटुव भिडियो बनाएर अपलोड गर्ने साथै त्यस बारेमा अनेक समाचार बनाउने कार्य समयको बर्बादि साथै मिडियाको चरम दुरुपयोग हो ।

किनकी बिकट गाउहरुमा बाबु आमालाई खेतिपातिको काममा सघाउने, घास काट्ने, भारी बोक्ने युवती राम्री हुने कुरा कुनै नौलो र चमत्कारिक कुरा होईन, बरु यो सामान्य कुरा हो । गाउँ घरमा काम गर्ने मानिस राम्रा हुदैनन् भन्ने कदापी होईन ।

यस्तो सामान्य कुरालाई मिडियाले अझ भनौं सरकारी मिडियाले समेत यति धेरै महत्वका साथ लिनु, मिडिया प्रोपोगाण्डा मच्चाउनु आफैमा सोचनीय बिषय हो । किनकी तरकारीवाली भनिएकी कुसुम श्रेष्ठको कार्तिक १२ गते अझ भनौं १५ गते देखि यताका उनका बिभिन्न अन्र्तवार्तामा बोलेका अभिव्यक्ति तथा पछिल्लो घटनाक्रमले बिभिन्न सवालहरु पैदा गर्नुको साथै  बिचार बिश्लेषण गर्न बाध्य पारेको छ । 


  के कुसुम श्रेष्ठलाई त्यो फाटो खिचेको र खिच्ने व्यक्तिको बारेमा थाह थिएन होला ?  के सामान्यतया बिकट गाउमा भारी बोक्दा लगाउने कपडाको स्तर टेलिभिजनको अन्र्तवार्ता दिदा लगाउन मिल्ने स्तरको हुन्छ ?  के उनी साच्चिकै निर्दोष  हुन् या यसमा केही हुन सक्छ ?  के उनी साच्चिकै नर्सिंग  पढ्न चाहन्थिन् ? उनले एनटीभीलाई दिएको अन्तर्वार्तामा   उनले दिएको जवाफले प्रष्ट पार्छ ।


वास्तवमा कुसुम श्रेष्ठले दिएको एक  अन्तर्वार्तामा सोधिएको प्रश्न 'तपाईलाई के बिश्वास छ?' प्रश्नको जवाफमा यसबाट अब केही न केही अफर आउने र त्यसले जिवन परिवर्तन गरिदिने कुराको बिश्वास रहेको पाइन्छ।  विभिन्न संचारमाध्यम छापिएका उनका तस्विरले पनि  यहि संकेत गर्छन ।


परिश्रम गर्दाको समयमा हिनता बोध हुने, लाज लाग्ने भएन ? भन्ने जस्ता सवालले श्रमलाई पूजा होईन घृणा गरेको सन्देश दिईरहेको छ । किनकी कुसुम श्रेष्ठ नाबालिका होईनन्, आफैमा एक बालिग हुन् र आफ्नो क्षमता र आबश्यकता अनुसार घर परिवारमा आईपर्ने काम गर्ने हरेक किसानकी छोरीको परम दायित्व तथा कर्मलाई आश्चर्यको रुपमा लिई  अनावश्यक रुपमा मिडिया प्रोपोगण्डा मच्चाउनु र  गाउकी सोझी भनीएकी उनको ग्ल्यामरतस्विर मिडियामा आउनुले यो बिल्कुल सुनियोजित प्रोपोगण्डा रहेकोमा वा उनी अरुबाट निर्देशित रहेकोमा बिश्वस्त हुने आधार देखिन्छ । 


अब यस घडिमा कुसुम श्रेष्ठ बहिनी आफ्नो क्षमता, आवश्यकता तथा आफै र आफ्नै परिवारबाट निर्देशित भई अगाडी बढ्नु बुद्धिमानी हुन्छ । किनकी वास्तवमा हरेक व्यक्ति सुन्दर हुन्छ, कोही पनि कुरुप हुदैन । सौन्दर्य कुनै बस्तु बा ब्यक्तिमा सीमित नभई मात्र हेर्ने आखामा भर पर्ने कुरा हो  । साथै शारिरीक श्रम गरेर जिविको पार्जन गर्ने साथै मानसिक परिश्रम गर्ने कोही पनि ग्ल्यामर फिल्डमा काम गर्ने भन्दा कम राम्रा हुदैनन् । त्यसैमा पनि बैंसमा त स्याल पनि घोर्ले हुन्छ भन्ने उखानै छ । तर त्यो बैंस तथा रुपको उचित सदुपयोग र संरक्षण भएन भने त्यसले जिवन भने कुरुप नै बन्न सक्छ ।

जब जिवन नै कुरुप हुन्छ भने शारिरीक सौन्दर्य त कति बेर टिक्छ र ?? बाहिरी आखाले देख्न सकिने सौन्दर्य पनि उदाङ्ग बन्न पुग्छ अनि चारैतिर बेकम्मा अनि बोझ बन्न पुग्छ जिवन । तर आफूमा भएको भित्रि सौन्दर्य र क्षमता बुझेर अगाडी बढे जिवन फूल जस्तै सुन्दर हुन्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved