अत्याधुनिक सुविधा सहितको टाटा मोटर्सको नयाँ बस च्यासिस नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2016 | 09:39:03 AM मा प्रकाशित

laxmi  sunrise bank

tata motors

टाटा मोटर्सको लागी नेपालको एक मात्र आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ बस च्यासीस टाटा एल। पी ओ नेपाली बजारमा भित्र्याएको छ। १२ मिटर लामो यस च्यासिस टाटामा क्युमिन टर्बोचार्ज र इन्टरकुलर डिजेल इन्जिनको शक्ति रहेको कम्पनीले जनाएको छ।

१८० हर्ष पावर भएको यस वाईड बडी च्यासिस नुमेटिक सस्पेन्सन, स्लिपर वर्थ एवम् ४५ रिक्लाइनिङ सिट क्षमताको रहेको छ। डिजेल एन्टीलक बेक्रिङ सिस्टम (एबीएस) जस्ता विशेषताले यसले उच्च कार्यक्षमता र आरामदायी यात्रा गराउने कम्पनीको दाबी छ। सुरक्षाको दृष्टिकोणले पनि नयाँ बस उत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

यसमा ६७५ एन.एम. टर्कको इञ्जिन, १४ इन्ट डायामिटरको क्लचप्लेट, ओभर ड्राईभ मेकानिज्म रहेको G-600 गियर बक्स र ४१/७ अनुपातको क्राउनको संयोजन रहेकाले यो च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved