'प्रतिबन्धित भारु सटही नहुने हल्ला गलत '

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 04:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्न रिजर्भ बैंक अफ इन्डियाले अस्वीकार गरेको समाचारले सर्वसाधारणमा अन्यौलता बढेको छ। यद्दपी प्रतिबन्धित भारु नोट सटही नहुने हल्ला गलत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपालमा रहेका भारु पाँच र हजार साट्ने सम्बन्धमा भारतीय सरकारबाट कुनै पनि औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा रहेको साढे तीन करोड भारु साट्न सहयोग गरिदिन आरबीआईलाई औपचारिक पत्र पठाएको थियो। जवाफमा प्रतिबन्धित भारु सटही गर्न आफै निर्णय लिन असमर्थ रहेको जनाउँदै आरबीआइले यसबारेमा भारत सरकारलाई जानकारी गराएको राष्ट्र बैंकले जनाएको छ। 

आरबिआईले आफै निर्णय लिन असमर्थ रहेको जनाउदै भारतीय सरकारलाई पत्रसहित जानकारी गराएकोले निर्णय कुर्न भनेको गभर्नर नेपालले बताएका छन। 

प्रतिबन्धित भारु नोट साट्न पहल गरेको उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बिजपाटीलाई जानकारी दिएका छन। नेपाल तथा भारतका प्रधानमन्त्री तथा अर्थमन्त्रीबीच समेत प्रतिबन्धित भारु सटही बारे कुरा भएको जानकारीमा आएको अध्यक्ष मुरारकाले बताए। 'नेपालमा रहेका प्रतिबन्धित भारु नेपालीकै पैसा हो, नेपालीले नै पाउनु पर्छ, यसका लागि हामी पहल गर्दै छौ'  उनले बताए। 

नेपाल उद्योग बाणिज्य महांसघले नेपालमा रहेका प्रतिबन्धित भारु ५ सय र हजारका नोट सटहीमा देखिएको समस्या एवं अन्यौलतालाई समाधान गर्नका लागि कुटनीतिक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको थियो। 

त्यस्तै सोमबार सांझ मात्रै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन मार्फत भारु ५०० र १००० का नोटहरु नेपालमै सहज रुपमा सटहीको व्यवस्था गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग अाग्रह गरेका थिए।  जवाफमा भारतीय प्रधानमन्त्री मोदीले भारु सटहीबारे नेपालमा उत्पन्न समस्या तत्काल समाधान गर्ने जानकारी गराउँदै नेपाल र भारतका अर्थमन्त्रीबीच सिधा सम्पर्क गरेर समस्या समाधान गर्ने बताएका थिए। 

नेपालका अर्थमन्त्री कृष्ण बहादुर महरा र भारतीय अर्थमन्त्रीबीच नेपालमा रहेका प्रतिबन्धित भारु सटही सम्बन्धमा कुराकानी भएपनि यसबारे ठोस निर्णय हुन नसकेको जनाइएको छ।


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved