सुन किन्दै हुनुहुन्छ ? घट्यो मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2016 | 11:35:54 AM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तर ओरालो लागेको सुनचांदीको मूल्य बिहिबारको कारोबारमा समेत घटेको छ। बुधबार ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार टोलमा ६ सयले घटेर ५४ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी तोलामा १० रुपैयाँले सस्तिएर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ६९ रुपैयाँ कायम गरिएको छ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved