सुन्तलाबाटै ४० करोड आम्दानी 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2016 | 02:27:55 PM मा प्रकाशित

laxmi  sunrise bank

के तस्बिरमा देखिएका सुन्तलाका दाना खाउँ खाउँ लाग्दा छैनन् त? अवस्य झोप्पिएर  पाकेका यी सुन्तला देख्दा कसको मुख नरसाउला ? जसरि यी सुन्तलाका दाना देखेर तपाइको मुख रसायो त्यसरीनै अरु थुप्रैको मुख पनि यसैगरि रसाएको हुनुपर्छ र त गुल्मीबाट २० करोड रुपियाँ भन्दा बढीको सुन्तला बर्सेनि निर्यात हुन्छ । फल्न त गुल्मीमा बार्षिक ४० करोड भन्दा बढीको सुन्तला फाल्ने तथ्यांक जिल्ला कृषि विकास कार्यालयसँग रहेको छ। आधा त जिल्लामै खपत हुने भएकोले आधा सुन्तला मात्रै निर्यात हुने कार्यालयले जनाएको छ।  

जिल्ला भरी गत वर्ष २ हजार ७ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। यस बर्ष भने गतबर्षको तुलनामा जिल्लाभर सुन्तला उत्पादन २५ प्रतिसतले बढेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ। कार्यालयका अनुसार यसबर्ष जिल्लामा ३ हजार ६ सय मेट्रिक टन सुन्तला  फलेको छ। कूल उत्पादनको आधा सुन्तला जिल्लामै खपत हुने जानकारी कार्यालयले दिएको छ। आधा भने बुटवल, पाल्पा, कपिलवस्तु र नारायणघाटसम्म निर्यात हुन्छ। 

गतसालको बजार मूल्य अनुसार जिल्लामा २७ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो। यस बर्ष असिना नपरेको र मौसम अनुकुल भएका कारण गतसालको तुलनामा २५ प्रतिसतले सुन्तला उत्पादन बढेको छ, र मूल्य पनि गतसालको भन्दा महँगो भएकाले जिल्लाका  किसानले सुन्तलाबाट  मात्र  ४० करोड रुपियाँ भन्दा बढी आम्दानि गरेको कार्यालयले बताएको छ। 

जिल्लाका धुर्कोट वस्तु,  नयाँगाउँ, हाडहाडे,  भाडगाउँ, बालकोट हर्दिनेटा, गैडाकोट र पिपल्धरा सुन्तला उत्पादनमा चिनिएका ठाउंहरु  हुन्। कृषि विकास कार्यालयका अनुसार जिल्लाभर २ सय ९८ हेक्टर भूमीमा सुन्तला खेति गरिएको छ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved