सुन किन्ने सुनौलो समय, मूल्य ८ महिना यताकै सस्तो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2016 | 10:54:53 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबारको कारोबारमा सुनको मूल्य स्थिर छ भने चाँदीको बढेको छ। बिहिबार  ५४ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ। यो ८ महिना यता कै सस्तो मूल्य हो । 

त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी भने तोलामा ५  रुपैयाँले बढेर  प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ कायम गरिएको छ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved