नेपालमा अन्तराष्ट्रियस्तरको ‘क्लासिक मःम’को उत्पादन तथा बिक्री शुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2016 | 06:37:08 PM मा प्रकाशित

laxmi  sunrise bank

म:म लाई आफ्नै ब्राण्डको रुपमा स्थापित गरी नेपाल लगायत संसारभर फैलाउने उदेश्यले आमा भेन्चर्स प्रालि काठमाडौँको नक्सालमा अन्तराष्ट्रियस्तरको ‘क्लासिक मःम’को उत्पादन तथा बिक्री शुरु भएको छ । 
 
३ करोडको लागतमा शुरु गरिएको आमा भेन्चर्सले क्लासिक मःमको विकास र विस्तार गर्दै मःमलाई विश्वब्यापीकरण गर्न व्यवसायिक उत्पादन तथा बिक्री शुरु गरिएको कम्पनीको दावी छ ।

अर्को महिना भित्र यस होटलले राजधानीको न्यू रोड, नयाँ बानेश्वर कोटेश्वर, महाराजगञ्ज र ललितपुरको झम्सिखेलमा आउटलेट खोलिने कम्पनीले जनाएको छ । 
 
कम्पनीले यस अघिनै भारतको बैंगलोरमा शाखा खोलिसकेको र नयाँ दिल्ली लगायत १० वटा प्रमुख शहरमा शाखा खोलिने जनाएको छ। त्यसलगत्तै संयुक्त राज्य अमेरिकाको शिकागोमा शाखा खोलिने जानकारी दिइएको छ। 

यहाँको मःममा स्वस्थ मासुको प्रयोग गरी आफैले किमा बनाएर अजिनामोटो रहित ओलिभ अायलको प्रयोग गरेर बनाइएको आमा भेन्चर्सका अध्यक्ष हरिश्वर पोखरेलले जानकारी दिए।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved