पूर्वगृहमन्त्री घिमिरेको दुर्घटनाको कारण 'ओभरटेक': छानबिन समिति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2016 | 09:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार गाडी मोडमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको दुर्घटनापछी छानबिन गर्न गठित समितिले निष्कर्ष निकालेको छ। 

गठित छानबिन समितिले गृहमन्त्री बिमलेन्द्र निधिलाई बुझाएको प्रतिवेदनमा घिमिरे सवार गाडी आपराधिक प्रवृत्तिबाट दुर्घटना हुन नगएको दाबी गरिएको छ।     

प्रतिवेदनमा घिमिरे आफैले गाडी हाँकेको र मोडमा ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको उल्लेख छ। दूर्घटनामा कुनै आपराधिक संलग्नता नरहेको छानबिन समितिका संयोजक कुबेरसिंह रानाले बताएका छन।  

घिमिरे सवार जिपभन्दा पछाडि आइरहेको बस चालक विष्णु परियार, क्याबिनमा बसेका यात्रु सुमन केसी र घिमिरेका गाडीका चालक तथा नेपाल प्रहरीका अंगरक्षक विष्णुबहादुर राईसँग घटनाबारे जानकारी लिएको जनाइएको छ। घिमिरे सवार बा ९ च १५३१ नम्बरको निजी गाडी मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो।

घिमिरे सवार गाडीले ट्रक ओभरटेक गर्न खोज्दा विपरिततर्फबाट अर्को ट्रक आएको र छल्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि घिमिरे चढेको गाडी भीरमा हुत्तिएको देखेको उनीहरुले बताएको संयोजक रानाले बताए। 
 
मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा उनी सवार गाडी गत असोज ९ गते चितवनको दारेचोक नजिक दुर्घटनामा परेको थियो। त्यसपछि सरकारले छानबिन गर्न पूर्व प्रहरी महानिरीक्षक रानाको संयोजकत्वमा समिति गठन गरेको थियो।  दुर्घटनामा उनको आमा र भाइको समेत निधन भएको थियो। अहिलेसम्म घिमिरेको शब फेला परेको छैन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved