नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2019 | 12:00:33 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको विश्व बैंकले दक्षिण एशिया सहित नेपालको आर्थिक वृद्धिमा संकुचन आउने प्रक्षेपण गरेको हो । 

सन् २०१९ मा ७.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको विश्व बैंकले २०२० मा घटेर ६.४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । 

२०२० मा दक्षिण एशियामा  सबैभन्दा उच्च आर्थिक वृद्धि भुटानको ७.४ प्रतिशत, बंगलादेशको ७.२ प्रतिशत र भारतको ६.९ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । 

२०२१ मा भने नेपालको आर्थिक वृद्धि ६.५ प्रतिशत हुँदा बंगलादेशको सबैभन्दा बढी ७.३ प्रतिशत र भारतको ७.२ प्रतिशत हुने विश्व बैंककको प्रक्षेपण छ । 

आइतबर विश्व बैंकले दक्षिण एशियाको आर्थिक वृद्धिको प्रक्षेपित रिपोर्ट सार्वजनिक गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved