ओम डेभलपमेन्ट बैंकको शाखा मुस्ताङ्गको जोमसोममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2016 | 03:29:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा नयाँ शाखा संचालनमा ल्याएको छ। २६ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले उद्घाटन गरे। 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखाहरु सहित ४२ वटा शाखा पुग्ने बताए। ओम डेभलपमेन्ट बैंकले ६ वटा थप शाखा कार्यालय संचालनमा ल्याउने तयारी गरेको जनाइएको छ। 

उद्घाटन अवसरमा बैंकका अध्यक्ष सुशिल कुमार गोशली, जोमसोम उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, नेपाल रेडक्रस सोसाइटी मुस्ताङ्गका उपसभापति गणेश शेरचन, जोमसोम महिला समूहकी अध्यक्ष शर्मिला गुरुङ्ग, शाखाका प्रवन्धक सोफिया शेरचन लगायतको उपस्तिथी रहेको थियो। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई २९ दशमलब २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। बैंकको बोनस प्रस्ताब राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ। त्यस्तै चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म बैंकले  १२ अर्ब ३२ करोड निक्षेप संकलन गरि १० अर्ब ७८ करोड कर्जा लगानी गरेको छ।     


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved