जोरपाटीमा प्रहरी बिट तोडफोड, स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 02:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

जोरपाटीको महानगरीय प्रहरी बिट नयाँबस्तीमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा १० जना प्रहरी घाइते भएका छन् भने केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीको कुटपिटको कारण ट्याक्सी चालक राजु लामाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले प्रहरीबिटमा आक्रमण गरेका हुन् । स्थानीयले उनको हत्या भएको भन्दै दोषी पक्राउ गर्न माग गरेर प्रदर्शन गरेका हुन्।  उनीहरुले ३ वटा मोटरसाईकलमा आगजनी गरेका छन् भने भवनमा समेत तोडफोड गरेका छन् । 

 प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर समेत गरेका थिए । 

 प्रहरीका अनुसार लामा  दोलखा घर भएका, बाैद्ध नयाँबस्ती बस्दै आएका थिए । उनलाई शनिबार अचेत अवस्थामा ट्याक्सीमा भेटेको र उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे छानविन भैरहेको प्रहरीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved