दुर्गा तिवारी हत्याबारे छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2016 | 02:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दूर्गा तिवारीको हत्याबारे अनुसन्धान गर्न सरकारले छानविन समिति गठन गरेको छ । 

गृह मन्त्रालय आज नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितिले घटनाको अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

मन्त्रालयले गोली प्रहार गर्नेलाई पक्राउ गर्ने  सबै सुरक्षा निकायहरु लागिपरेको र बिभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन ‘कोर्डन एण्ड सर्च’ को काम भइरहेको जनाएको छ । मन्त्रालयले घटनामा ज्यान गुमाएका तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।

रुपन्देहीमा हिजो अपरान्ह युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीमाथि गोली प्रहार भएको थियो । उनलाई उपचाको लागि अस्पतालमा लागिएकोमा अस्पतालले उनलाई मृतघोषणा गरेको थियो । 

युवा संघले घटनाको विरोध गर्दै आन्दोलनको घोषणा गरिसकेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved